पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित थपिए

२०७७ आश्विन १२ गते, सोमबार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १,३५१ जनामा कोरोना पुष्टि भएको छ । १० हजार ८० ओटा नमुनाको परिक्षणमा १,३५१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै देशभर ७४ हजार ७ सय ४५ जना
कोरोना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।
मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ७३.१ प्रतिशत कोरोना मुक्त भएका छन् । यस्तै हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]