पछिल्लो २४ घण्टामा २७२२ कोरोना संक्रमित थपिए

२०७७ आश्विन १६ गते, शुक्रबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३३०७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]