अखिल (क्रान्तिकारी) ,नवलपुरद्वारा कालो ब्यानरसहित प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ,नवलपुरले गैंडाकोटमा राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्याबिरुद्दमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ। प्रदर्शनमा अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी गैंडाकोट नगरपालिकाका इन्चार्जको समेत उपस्थिति रहेको थियो। दर्जनौं विद्यार्थी र नेता कार्यकर्ताको उपस्थितिमा भएको विरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेपालको भूभाग र सिमा सम्बन्धि पुस्तक प्रकाशन नगर्न प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, बलात्कार सम्बन्धमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, कोरोना महामारीको समयमा शिक्षा र स्वास्थ्यमा देखिएका समस्या लगायतका विषयमा वक्ताहरूले बोलेका थिए।
अखिल (क्रान्तिकारी) , नवलपुरले एमसीसी, रुकुम हत्याकाण्ड, सामाजिक विकृति,विसंगति बिरुद्ध प्रदर्शन गरिसकेको छ भने हालै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो।