अखिल (क्रान्तिकारी) तनहुँद्वारा विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री वितरण

२०७७ आश्विन २२ गते, बिहीबार


काठमाडौं । अखिल (क्रान्तिकारी) तनहुँले विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरेको छ । श्री सिद्देश्वरी मा.बि, ब्यास -१२, तनहुँमा अाज नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले “स्वास्थ्य र खेलकुद सामाग्री बितरण ” गरेको हो । सो कार्यक्रममा अध्यक्षता संगठनका जिल्ला अध्यक्ष ममता रुचालले गर्नु भएको थियो भने प्रमुख अतिथी संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि.क रहेका थिए ।

अन्य अतिथीहरुमा संगठनका केन्द्रिय सदस्य एवं गण्डक क्षेत्रिय समन्वय समितिका संयोजक काजी गुरुङ रहेका थिए । साथै संगठनका जिल्ला सदस्यहरु, गुरु गुरुआमा र २५० भन्दा माथी विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्यालयको तर्फबाट प्र.अ नारायण अधिकारीले आफ्नो भनाइ राखेका थिए ।


उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथी अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य नरेन्द्र विकले विद्यार्थीको हकहितमा काम गर्ने र सधै विद्यार्थीको पक्षमा उभिने बताए । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री (सेनिटाइजर, मास्क, साबुन, ब्याटमिन्ट्न र भलिबल) वितरण गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]