अखिल (क्रान्तिकारी)द्वारा बलात्कार र हत्याविरुद्ध प्रदर्शन

२०७७ आश्विन २३ गते, शुक्रबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) कपिलवस्तुले बिहीबार सम्झना कामीलगायत देशभर भइरहेका बलात्कार र हत्याविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा सम्झना कामीको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने, देशव्यापी रूपमा कथित जातका आधारमा विभेद, बलात्कार, अपमान र ह्त्या गर्ने मानवताविरोधी क्रूर हिंसाजन्य क्रियाकलाप तत्काल बन्द गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी भएको थियो ।
विरोधसभाको सञ्चालन सङ्गठनका बाणगङ्गा नगर संयोजक मणि भट्टराईले गरेका थिए । प्रदर्शनमा विद्यार्थीले विद्यमान शिक्षाप्रणालीविरुद्ध वैज्ञानिक समाजवादी शिक्षा माग गर्दै राष्ट्रियताको जगेर्ना, हत्या, हिंसा र बलात्कारविरुद्ध गगनभेदी नारा लगाएका थिए |

प्रतिक्रियाहरु

[anycomment]