अखिल क्रान्तिकारी धौलागिरीद्वारा रक्तदान

काठमाडौँ । अखिल क्रान्तिकारी धौलागीरी व्यूरोको आयोजनामा बाग्लुङ्गको सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

