सरकारको राज्यआतंक : देशलाई मुठभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत

२०७७ कार्तिक १५ गते, शनिबार


काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारको राज्यआतंक देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएको ठोकुवा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल( क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले शुक्रबार बिज्ञप्ति जारी गर्दै सरकारको राज्यआतंक र देशव्यापी रूपमा क्रान्तिकारीहरू माथीको प्रतिबन्ध,धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई सचेततापुर्वक प्रतिरोध र आफ्नो विचार आन्दोलनमा दृढ रहन अनुरोध गरेका हुन्।
यस बिषयमा अखिल( क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “कोरोना महामारीले जनताको स्वास्थ्य अवस्था दिन प्रतिदिन भयाभह हुदै गई रहेको छ तर शासकहरू भ्रष्टाचार, दलाली र राष्ट्रघातमा लिप्त छन् जसका कारण नेपाली जनताको साझा भविष्य नै संकटग्रस्त हुदै गंम्भिर दुर्घटना नजिक पुग्दै छ, यो परिवेशमा सम्पूर्ण देशभक्त, यूवा,विद्यार्थीहरूले यो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्दै अहिलेको संकटसंग जुझ्नु साझा दायित्व भएको छ, यो दायित्वलाई मर्मवोध गर्दै हाम्रो संगठन देश व्यापी यो महामारी र यसले निम्त्याएको संकट विरूद्ध स्वास्थ्य सचेतना, रक्तदान, राहत वितरण र घुम्ति पढाई कक्षाहरू संचालन गर्दै अघि बढि रहेको छ,यो जनपक्षीय काम देशव्यापी अभियानकै रूपमा अघि बढेको छ, यसमा देशभरका हज्जारौं संगठित नेता कार्यकर्ताहरू सहभागी छन् यो अभियानका एक जना नेता हाम्रो संगठनका केन्द्रीय सदस्य शंकर महरा पारिवारिक भेटघाटको संदर्भमा घर पुगेका बेला मिती २०७७ कार्तिक १३ गते घर बाटै ओली सरकारको राम बहादुर गृह प्रशासनले अपहरण शैलिमा गिरफ्तार गरेको छ, यो गिरफ्तारी अखिल(क्रान्तिकारी) का नेताको गिरफ्तारी मात्र नभएर महामारी विरूद्ध लडिरहेको एक योद्धाको गिरफ्तारी पनि भएकाले यसको घोर भर्त्सना गर्दै निसर्त रिहाईको संगठन माग गर्दछौं, अन्यथा संगठन आन्दोलनमा जान बाध्य हुनेछ, जसको परिणाम भयाभह हुनेछ साथै राज्यको यस प्रकारको फासीवादी रबैया विरूद्ध एक हुन सम्पूर्ण नागरिक समाज,मानवाधिकारवादी, पत्रकार र बुद्धीजीवीहरूमा अपिल पनि गर्दछौं ।
ओलि सरकारको राज्यआतंक र देशव्यापी रूपमा क्रान्तिकारीहरू माथीको प्रतिबन्ध,धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई सचेततापुर्वक प्रतिरोध र आफ्नो विचार आन्दोलनमा दृढ रहन अनुरोध गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]