अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष शाहीलाई अबिलम्ब रिहा गर्न माग

२०७७ कार्तिक १९ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी भेरी-कर्णाली क्षेत्रीय समन्वय समितिले संगठनका बाँके जिल्ला अध्यक्ष डिबी शाहीलाई प्रहरीद्वारा गैरन्यायिक गिरफतारप्रति घोर भत्सर्नासहित अबिलम्ब रिहाईको लागि जोडदार माग गरेको छ । सो संगठनका भेरी-कर्णाली क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले एक बिज्ञप्ति जारी गर्दै आफूना चरम असफलता र अक्षमता लुकाउन देशभक्त, प्रगतिशील एव क्रान्तिकारी शक्तिमाथिको दमनलाई अख्तियार गरेको फासिस्ट र भ्रष्टाचारी सरकारविरुद्ध कडा प्रतिरोध गर्न आम विद्यार्थी, शिक्षक, प्राध्यापक, बृद्धिजीवी, पत्रकारलगायत सबै नागरिकहरुलाइ विशेष अपिल गरेका छन ।
उनले जारी गरेको बिज्ञप्ति यस प्रकारको छ – “वर्तमान दलाल फासिबादी सरकारको कारण मुलुक अत्यन्तै संकटको भूमरीमा फसिरहेको छ । कोरोना कहरको कारण उत्पन्न संकटकै परिस्थितिमा राष्ट्रियता, अर्थतन्त्र, जनजीबिका, जनअधिकार, जनस्वास्थ्यको सवालका साथै देशको समग्र भबिश्य भन्‌ बर्बादीको दिशामा गइरहेको छ । परिणामस्वरूप हाल सर्बत्र बिरोध, आम नागरिकहरुमा चिन्ता र असन्तुष्टिको ज्वारभाटा उठिरहेको छ।


ओली नेतृत्वको सरकारका राष्ट्रघात, चरम भ्रष्टाचार, जनतामाथिको ब्रह्मलुट र फासिवादविरुद्ध हाम्रो संगठन आन्दोलनरत रहेको छ । कोरोना महामारीको कठिन परिस्थितिमा समेत विशेषगरी स्वास्थ, शिक्षा र व्यापारको क्षेत्रमा राज्यकै संरक्षण र सङ्लग्नतामा भएको लुट, कालोबजारी र बेइमानीविरुद्ध हाम्रो संगठनद्वारा जनजागरण अभियानमार्फत खबरदारी र भण्डाफोर कार्यक्रम जारी रहेको रहेको छ । यसबाट आत्तिएर दलाल सरकारको गृहप्रशासनले हाम्रो संठनका नेता कार्यकर्ताको गैरन्यायिक गिरफूतारी गर्ने, धरपकड गर्ने, घर घेरा हाल्ने र खानतलासी गर्नेजस्ता निकृष्ट रबैया प्रदशन गरिरहेको छ। यसै क्रममा बाँकेको कोहलपुरमा घरमै बसिरहेको अवस्थामा हाम्रो संगठनका बाँके जिल्ला अध्यक्ष डिबी शाहीलाई प्रहरीद्वारा गैरन्यायिक गिरफतार गरिएको छ। यसप्रति संगठन घोर भत्सर्नासहित अबिलम्ब रिहाईको लागि जोडदार माग गर्दछ । आफूना चरम असफलता र अक्षमता लुकाउन देशभक्त, प्रगतिशील एव क्रान्तिकारी शक्तिमाथिको दमनलाई अख्तियार गरेको फासिस्ट र भ्रष्टाचारी सरकारविरुद्ध कडा प्रतिरोध गर्न हामी आम विद्यार्थी, शिक्षक, प्राध्यापक, बृद्धिजीवी, पत्रकारलगायत सबै नागरिकहरुलाइ हाम्रो संगठन विशेष अपिल गर्दछ।

प्रतिक्रियाहरु

[anycomment]