अखिल (क्रान्तिकारी)द्वारा पूर्वी जिल्लाहरुमा नरवणेको भ्रमणबिरुद्ध प्रदर्शन

२०७७ कार्तिक १९ गते, बुधबार

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले पूर्वी जिल्लाहरुमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणबिरुद्ध प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी)ले पूर्वका मोरङ, सुनसरी, इलामलगायतका जिल्लाहरुमा प्रदर्शन गरेको जनाएको छ । सुनसरीको धरान, इटहरी मोरङको लक्ष्मीमार्ग,उर्लावारी इलामको सदरमुकाम लगायतका क्षेत्रहरुमा प्रदर्शन गरिएको संगठनका मेची-कोशी संयोजक पुष्प न्यौपानेले जानकारी दिएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जाका लागि आएका नरवणेले गत जेठमा आयोजित एक गोष्ठीमा काली नदी पारी बाट मानसरोवर जाने सडक निर्माण गरिएको र उक्त भूमी भारतको रहेको अभिव्यक्ति समेत दिएका थिए ।

नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतले कब्जा गर्न खोजेको भन्दै उक्त भूभाग फिर्ता गर्नुपर्ने अखिल (क्रान्तिकारी)ले बताउदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]