पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिए

२०७७ कार्तिक २० गते, बिहीबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ६८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ । कोरोनाबाट अहिले सम्म १ हजार ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]