अखिल (क्रान्तिकारी) द्वारा प्रतिस्पर्धा बिनाका नियुक्ति खारेज गर्न माग

२०७७ कार्तिक २१ गते, शुक्रबार


काठमाडौ । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले प्रतिस्पर्धा विनै स्थानीय जनप्रतिनिधि लगायतकाे मिलीमतोमा आ-आफ्ना नातेदारहरुलाई विभिन्न कार्यालयमा नियुक्त गरेको भन्दै कडा शब्दमा निन्दा र भ्रत्सना गरेको छ । अखिल (क्रान्तिकारी) रुकुम पश्चिम जिल्लाका अध्यक्ष प्रेम प्रशान्त बाेहराले प्रेस विज्ञप्ति जारी गरि त्रिवेणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले सहोदर बुहारीलाई सिम्रुतु स्वास्थ्य चौकीमा अनमी पदमा थमाएको नियुक्ति पत्रको मसि नसुक्दै श्री त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा बिना प्रतिस्पर्धा, सूचना नै प्रकाशन नगरी खेलकुद शिक्षक, प्रयोगशाला सहायक, पुस्तकालय सहायक र कार्यालय सहयोगी पदमा मनपरि ढङ्गले विद्यालयका प्रधानाध्यापक, गाउँपालिका अध्यक्ष ,वडा नं १ र २ का वडा अध्यक्ष तथा युवा संघ रुकुमका इन्चार्ज लगायतले मिलेमतोमा आ-आफ्ना नातेदारहरुलाई नियुक्त गरेको भन्दै उक्त नियुक्ति तत्काल खारेज गरेर खुल्ला प्रतिस्पर्धाबाट सक्षम र योग्य व्यक्तिहरुको छनोट गर्न जोडदार माग गरेका छन ।
शिक्षा क्षेत्र जस्तो साझा र पवित्र क्षेत्रमा पनि राजनीतिक चलखेल, मनपरि शिक्षक /कर्मचारी नियुक्ति गर्ने, मनपरि ढङ्गले विद्यार्थीबाट शुल्क असुली गर्ने तथा विद्यालयको सम्पत्ति दु्रुपयोग गर्ने जस्ता विकृतिहरु यथावत रहेकाे भन्दै उक्त नियुक्ति खारेज नगरिए अन्यथा आफैले गरेको कुकर्मले आफैलाई नोक्सान गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बाेहराले जारी गरेको विज्ञप्तिकाे पूरा पाठ यस प्रकार रहेको छ – “हामी शिक्षा क्षेत्रको निजीकरण , व्यापारीकरण ,माफियाकरण ,भ्रष्टिकरण ,औपनिवेशिकरण ,अपराधीकरण तथा यस क्षेत्रमा हुने भ्रष्टाचार ,अनियमितता लगायत तमाम विकृति र विसंगतिका विरुद्ध लामो समयदेखि निर्मम संघर्ष गरिरहेका छौँ ।हामीले गरेका त्याग ,बलिदान , समर्पण र संघर्षहरुले शिक्षा क्षेत्रमा सामान्य रुपान्तरण गरेपनि यस क्षेत्रको आमुल रुपान्तरणको निम्ति सिंगो राजनीतिक व्यवस्थाकै रुपान्तरण गर्नुपर्ने भएकोले अन्तिम संघर्षका निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने मुल अभिष्ट लिई संघर्षको मैदानमा उत्रिएको बिषय जगजाहेर छ।
हाम्रा खबरदारी र संघर्षहरु निरन्तर जारी हुँदाहुँदै पनि राज्य ,राज्यका सम्बन्धित संयन्त्र र त्यसका नेतृत्व भ्रष्ट र राजनीतिक दबाबबाट प्रभावित र प्रताडित रहेकाले शिक्षा क्षेत्रजस्तो साझा र पवित्र क्षेत्रमा पनि राजनीतिक चलखेल ,मनपरि शिक्षक /कर्मचारी नियुक्ति गर्ने ,मनपरि ढङ्गले विद्यार्थी बाट शुल्क असुली गर्ने तथा बिधालयको सम्पत्ति दु्रुपयोग गर्ने जस्ता विकृतिहरु यथावत छन् ।
यसै सन्दर्भमा त्रिवेणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले सहोदर बुहारीलाई सिम्रुतु स्वास्थ्य चौकीमा अनमी पदमा थमाएको नियुक्ति पत्रको मसि नसुक्दै श्री त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा बिना प्रतिस्पर्धा ,सूचना नै प्रकाशन नगरी खेलकुद शिक्षक, प्रयोगशाला सहायक,पुस्तकालय सहायक र कार्यालय सहयोगी पदमा मनपरि ढङ्गले विद्यालयका प्रधानाध्यापक ,गाउँपालिका अध्यक्ष ,वडा नं १ र २ का वडा अध्यक्ष तथा युवा संघ रुकुमका इन्चार्ज लगायतले मिलेमतोमा आ-आफ्ना नातेदारहरुलाई नियुक्त गरेको प्रती हाम्रो संगठन कडा शब्दमा निन्दा र भ्रत्सना गर्न चाहान्छ । साथै उक्त नियुक्ति तत्काल खारेज खुल्ला प्रतिस्पर्धाबाट सक्षम र योग्य व्यक्तिहरुको छनोट गर्न जोडदार माग गर्दछौं ।अन्यथा आफैले गरेको कुकर्मले आफैलाई नोक्सान गर्ने अवश्यम्भावी छ।”

प्रतिक्रियाहरु

[anycomment]