पछिल्लो २४ घण्टामा २७५३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ। एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ। अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन्।