पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ संक्रमित फेला परेका छन् । जस्मा ७ सय १० महिला र पुरुष ८ सय २३ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ७ सय २७ पुगेको छ । योसंगै काठमाडौंमा ७२ हजार ६७ जना, ललितपुरमा १० हजार १ सय ५३ , भक्तपुरमा ६ हजार ५ सय ७जना संक्रमित थपिएका छन् । काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ३८ ,ललितपुरमा १ हजार ७ सय ५२ र भक्तपुरमा १ हजार ८ सय ३ रहेको छ । योसंगै काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बस्नेको कुल संख्या १४ हजार ३ सय ९३ पुगेको छ ।