‘वर्तमान समस्याको समाधान: वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ‘

काठमाण्डौ । अखिल क्रान्तिकारीले दलाल पुँजिवादी संसदीय व्यवस्थाको पूर्ण अन्त्य गरी जनताको आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्नु नै अहिलेका सबै समस्याहरूको एकमात्र समाधान ठोकुवा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । अध्यक्ष ढकालले यसका निम्ति सबै राष्ट्रवादी, प्रगतिशील, देशभक्त एवं अग्रगामी कान्तिकारी शक्तिहरु एकतावद भई संघर्षमा जुट्नु अहिलेको अनिवार्य आवश्यकता समेत बताएका छन ।
यस बिषयमा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले जारी गरेको विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “सामाजिक दलाल फासिवादी केपी सरकारले यही पौष ५ गते संसद्को विघटन गर्नै र देशलाई फेरी दलाल पुँजीवादी सत्ताको चुनाव रुपी जालझेलमा फसाउने कदम र सोका विस्द्धमा ९ विद्यार्थी संगठनहरुदारा प्रकाशित गरिएको बिज्ञप्तिका सन्दर्भमा संगठनको धारणा सार्वजनिक गर्न यो प्रेश बिज्ञप्ति जारी गरिएको छ ।
१) पौष ७ गतेको संयुक्त विद्यार्थी संगठनहरूको वैठकमा हाम्रो संगठनको उपस्थिति भएतापनि विशेष कारणवस हाम्रो संगठन बैठक समापन हुनु अगावै वैठक स्थलबाट निस्किसकेको अवस्थामा पछि जारी गरिएको वक्तव्यमा संसद विघटन र वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको संविधानका विषयमा राखिएको धारणा हाम्रो संगठनको आधिकारिक धारणा नभएको यही वक्तव्य मार्फत स्पष्ट पादछौँ । सयुक्त
विद्यार्थी संगठनहरूको बैठक भएको हुनाले त्यहाँ उल्लेख भएका हाम्रो पाटी र संगठनमाथि दलाल सरकारले लगाएको प्रतिवन्ध र नेता कार्यकर्ताहरूको रिहाईको विषय वाहेक अन्य विषयहरु अन्य संगठनहरुका विषयहरु आएको स्पष्ट पार्दछौं । यो विषयलाई लिएर कतिपय मिडिया र सामाजिक संजाल लगायतमा हाम्रो संगठनको विषयमा आएका धारणाहरु तथ्यहिन र कपोल्कल्पीत एवं पड्यन्त्रमुलक रहेको विषय पनि स्पष्ट गर्दछौं ।
२ नेपाली जनताको मुख्य दुस्मनको रुपमा रहेको दलाल पूँजीवादी सत्ता र दलाल पुँजवादी संसदीय व्यवस्था र त्यसको नेतृत्व रहेसम्म नेपाली जनता र राष्ट्रका समस्याहरु समाधान हुने छैनन् । सविधान र कानुनहरु जनतालाई भ्रमित पार्ने र दलाल पुँजीवादी वर्गको सत्तालाई कायम राख्ने अस्त्रहरु मात्रै हुन् । यसकारण संसदको पुर्नापना, पुन निर्वाचन, संविधानको संशोधन जस्ता कुनै पनि विषयले नेपाली जनता र देशलाई अग्रगामी एवं कान्तिकारी निकास दित सक्दैतन् । पौष ४ गतेको संसद विघठन गर्ने निशय प्रतिकान्तिकारी,अवश्यगामी, प्रतिगमनकारी निर्णय हो र ययाँथमा यो दलान पुँजीपति वर्णको सत्ता र दलाल संसत्षीय व्यवस्थाको चरम संकट, विगठन र असफलताको प्रमाण हो ।
तसर्थ दलाल पुँजिवादी संसदीय व्यवस्थाको पूर्ण अन्त्य गरी जनताको आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्नु नै अहिलेका सबै समस्याहरूको एकमात्र समाधान हो । यसका निम्ति सबै राष्ट्रवादी, प्रगतिशील, देशभक्त एवं अग्रगामी कान्तिकारी शक्तिहरु एकतावद भई संघर्षमा जुट्नु अहिलेको अनिवार्य आवश्यकता हो ।”
