शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

२०७७ माघ २२ गते, बिहीबार


काठमाडौं । शिक्षा मन्त्रालयले यस बर्षको शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । सबैजसो विद्यालय माघ महिनायता खुले पनि पाठ्यक्रम सकिने अवस्था नभएको भन्दै शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । चैतमा सकिने शैक्षिक सत्रलाई लम्ब्याउने सरोकारवालाको सुझाव अनुसार गृहकार्य भइरहेको र मन्त्रिपरिषदबाट यसबारेमा छिट्टै निर्णय हुने मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरस महामारीका कारण यो शैक्षिक सत्रको सुरुवातदेखि नै विद्यालयहरूमा नियमित पठनपाठन हुन सकेको थिएन । अनलाइन माध्यमबाट अधिकांश विद्यार्थी समेट्न नसकेको गुनासाका बीच माघ महिनादेखि मात्रै धेरैजसो विद्यालय नियमित सञ्चालनमा आएको बताइएको छ ।
शिक्षा नियमावलीमा वर्षमा १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था छ । तर यस वर्ष त्यो पूरा गर्न सक्ने अवस्था नभएको र चैतमा परीक्षा गर्दा विद्यार्थीलाई गा¥हो हुने भन्दै शैक्षिक सत्र लम्ब्याउने गरी काम भइरहेको बताइएको छ । यसरी लम्ब्याइएको शैक्षिक सत्र नियमित रूपले वैकल्पिक माध्यमबाट पढाइरहेका विद्यालयदेखि माघ महिनामा खुलेका विद्यालय सबैमा लागु हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]