‘कोभ्याक्सिन’ खोपलाई प्रयोगको अनुमति

२०७७ चैत्र ७ गते, शनिबार

काठमाडौं । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् ।
यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन् । थप दुई कम्पनीले नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएका छन् । रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् । उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ । नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप मात्रै प्रयोग भैरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]