अखिल (क्रान्तिकारी) मकवानपुरको ९ औं पूर्ण बैठक सम्पन्न

२०७७ चैत्र ९ गते, सोमबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरको ९ औं पूर्ण बैठक आईतबार हेटौंडामा सम्पन्न भएको छ। नेकपा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आथित्यमा बसेको सो बैठकमा नारायणी ब्युरोको जबसका फ्याक्सन इन्चार्ज विकास वली विशेष अतिथिको रुपमा उपस्थित थिए भने अखिल (क्रान्तिकारी) नारायणी ब्युरोका संयोजक प्रकाश जप्रेल अतिथि रहेका थिए।


बैठकले विभिन्न प्रस्तावमाथि निर्णय गरेको छ। विशेष गरी अखिल (क्रान्तिकारी) को जिल्ला तथा राष्ट्रिय सम्मेलनको प्रस्तावलाई बैठकले मुख्य छलफलको विषय बनाएको छ। यस विषयमा केन्द्रित भई बैठकले विविध निर्णय गरेको छ। यही वर्षको चैत २५ गते हुन गइरहेको अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलनको आवश्यक तयारीका लागि जुझारु रूपले सांगठनिक तथा व्यवस्थापकीय क्षेत्रमा जुट्न बैठकका प्रमुख अतिथिले विशेष जोड दिएका छन्। यसका साथै जेठ २ देखि ४ गते सम्म हुन गइरहेको अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको लागि पनि तयारी अवस्थामा बस्न सबैमा अनुरोध गरेका छन्।
पार्टी र संगठनका विचार, सिद्धान्त एवम् कार्यदिशालाई आम जनताका पहुजसम्म पुर्याई स्पष्ट पार्ने जिम्मेवारी बोधका साथ बैठक समपन्न भएको छ। बैठक अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष क. विवेक घलानको अध्यक्षतामा बसेको हो।

प्रतिक्रियाहरु

[anycomment]