अखिल (क्रान्तिकारी)द्वारा हेटौंडा क्याम्पस भेला सम्पन्न

काठमाडौं । अखिल (क्रान्तिकारी) मकवानपुरको हेटौंडा क्याम्पस भेला सम्पन्न भएको छ। भेला अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष ललित घलानको सभापतित्वमा, अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्य एवम् नारायणी ब्युरो संयोजक प्रकाश जप्रेलको प्रमुख आतिथ्यतामा र अखिल (क्रन्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलानको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। भेलामा अखिल (क्रन्तिकारी) मकवानपुरका अर्का उपाध्यक्ष सुर्य बहादुर गोले, कोषाध्यक्ष सर्मिला लामा, युवा संगठन मकवानपुरका संयोजक किरण अर्याल, प्रीतभुपेन्द्र प्रतिष्ठानका महासचिव हेलिश मोक्तान लगायत अतिथिहरुको उपस्थिति थियो।
भेलामा प्रमुख अतिथि प्रकाश जप्रेलले प्रगतिशील आम विद्यार्थीहरु संगठित हुनु आजको आवश्यकता बताएका छन भने संगठनको मुख्य उद्देश्य परिवर्तन रहेको समेत बताए।

उनले मन्तव्यकै क्रममा वर्तमान व्यवस्था र यश व्यवस्थाले लागू गरिएको शिक्षा प्रणालीका कारण आजका विद्यार्थी भोलि गएर गुलामी बन्नुपर्ने, दासी बन्नुपर्ने बाध्यता सिर्जना हुनुका साथै शैक्षिक बेरोजगार हुने भएकोले यसको आमूल परिवर्तनका लागि वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नुका साथै वैज्ञानिक तथा व्यवहारिक शिक्षा प्रणाली गर्नु, गराउनु हाम्रो दायित्व रहेको बताए। यसका लागि हाम्रो संगठन र पार्टी दृढताका साथ अघि बढिरहेकोले सबै किद्यार्थीहरु पनि गोलबन्द भइ अघि बढ्न समेत अनुरोध गरेका छन्। त्यस्तै आजको शिक्षा प्रणाली नीतिले विद्यार्थीहरुको भविष्य नै अन्योल हुने हुँदा राज्यले संविधानमा लेखिएको विद्यार्थिले नि:शुल्क पढ्न पाउने हक अधिकार र उचित शिक्षाको सुनिश्चितता गर्न सकेन भने यसका विरुद्ध हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले संघर्ष गर्ने र यसमा सम्पुर्ण विद्यार्थी एक भएर लड्नुपर्ने बताए। अबका विद्यार्थीहरु अन्यायका विरुद्ध आवाज उठाउँदै शिक्षा क्षेत्रमा भएका दलालिकरण, व्यापारिकरणका साथै विकृती विसंगतिका विरुद्ध एक ढिक्का भएर आवाज उठाउनुपर्नेमा जोड दिए।

भेलाले हेटौंडा क्याम्पस स्तरीय ३० सदस्यीय मुल इकाई समिती गठन गरेको छ। उक्त कार्यसमितिको अध्यक्षमा अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष ललित घलान, उपाध्यक्षमा दिपेश क्षेत्री, सचिवमा अन्जन अर्याल, स-सचिवमा बिना लामा, कोषाध्यक्षमा पासाङ लामा सहित २५ जना सदस्यहरु नियुक्त भएका छन्।
नवनियुक्त इकाई समितिका सम्पुर्ण सदस्यहरुलाई अबिर लगाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिँदै कार्यक्रमको समापन गरिएको हो। कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका सचिव विक्रम घलानले गरेका थिए भने सभाध्यक्ष ललित घलानले समापन गरेका थिए।