अखिल (क्रान्तिकारी) द्वारा २२ औँ राष्ट्रिय सम्मेलनको व्यापक तयारी: संगठन विस्तार र विधार्थी अधिकारका लागि संघर्ष गर्ने निर्णय

२०७७ चैत्र १५ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) अखिल क्रान्तिकारी मध्य पश्चिम कमाण्डका सवै व्युरो वैठक सम्पन्न भएको बताइएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको उपस्थितिमा मध्य पश्चिम कमाण्डका सवै व्युरो वैठक सम्पन्न गरिएको बताइएको छ ।

यसैबीच , गत चैत्र ८ गते राप्ती क्षेत्रीय समन्वय समितिको वैठक महेन्द्र वहुमुखी क्याम्पस दाङमा नेकपा नेता विश्वको उपस्थितमा सम्पन्न भएको जनाइएको छ ।
यसैगरी , गत चैत्र १० गते लुम्बिनी क्षेत्रिय समन्वय समितिको वैठक वुटवल वहु क्याम्पसमा अखिल क्रान्तिकारी पुर्व अध्यक्ष पुर्ण वहादुर सिंहको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ।
यता , चैत्र १२ गते घौलागीरी क्षेत्रीय समितिको बैठक , धौलागिरी वहुमुखी क्याम्पस वाग्लुङमा, नेकपा केन्द्रीय सदस्य विप्लवको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।


यस्तै चैत्र १४ गण्डक क्षेत्रीय समन्वय समितिको वैठक , पृथ्वी नारायण क्याम्पस पोखरामा, नेकपा गण्डकका नेता रुपेसको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।
यसैगरी , रोल्पामा चैत ३०, दाङमा वैशाख २, सल्यानमा वैशाख ५, रूकुम पश्चिममा वैशाख ८, रूकुम पुर्वमा वैशाख १२, नमुना जिल्लामा वैशाख १४, प्युठानमा वैशाख १६ गते जिल्ला सम्मेलन गरिने बताइएको छ।


यसैगरी , कपिलवस्तुमा चैत्र २२, अर्घाखाँचीमा चैत २४, नवलपुरमा चैत २७, रुपन्देहीमा चैत २९, पाल्पामा चैत ३१, गुल्मीमा वैशाख ३, नवलपरासीमा वैशाख ४ गते जिल्ला सम्मेलन गरिने जनाइएको छ।


यसैगरी ,पर्वतमा वैशाख ३, विशेष जिल्लामा वैशाख १०, वाग्लुङमा वैशाख १३, म्याग्दीमा वैशाख १७, तनहुँमा चैत २७, गोरखामा चैत ३०, लमजुङमा वैशाख ६, स्याङ्जामा वैशाख १०. मनाङ र मुस्ताङका सम्मेलनहरू वैशाख १५ पछि गर्ने निर्णय भएको जनाइएको छ।

प्रतिक्रियाहरु

[anycomment]