मकवानपुर र चितवनमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय तथा जिल्ला सम्मेलनको तयारी

२०७७ चैत्र २० गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर र अखिल (क्रान्तिकारी) चितवन जिल्ला तथा राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा जुटिरहेको छ। अखिल (क्रान्तिकारी) नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा मकवानपुर जिल्ला र चितवन जिल्ला सम्मेलनको तयारीका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन्। संगठनले अखिल (क्रान्तिकारी) का सबै DCM हरुलाई सम्मेलनको तयारीका लागि आवश्यक सबै क्षेत्रमा परिचालन गरिरहेको छ।


२३ औं जिल्ला सम्मेलन र २२ औं राष्ट्रिय सम्मेलनको तयारीकै क्रममा अखिल (क्रान्तिकारी) मकवानपुर, जिल्लाको सदरमुकाम हेटौंडा उपमहानगरपालिका भित्रको लगभग ८०% विद्यालयमा पुगेर संगठन विस्तार गरिसकेको छ। त्यस्तै गरि विद्यालयका भित्ताहरुका साथै अन्य सार्वजनिक भित्ताहरु संगठनका नाराहरुले सुसज्जित भएका छन्। संगठनले अब चाँडै नगर भित्रका सबै विद्यालय क्षेत्रहरू समेट्दै ग्रामीण भेगका सबै विद्यालय क्षेत्रहरुमा पनि संगठन विस्तारका साथै भित्तेलेखन कार्य सम्पन्न गर्ने कदम चालेको छ।
अखिल (क्रान्तिकारी) चितवनले पनि जिल्ला सम्मेलन तथा राष्ट्रिय सम्मेलनकै तयारीको क्रममा जिल्लाका विभिन्न विद्यालय क्षेत्रहरूमा संगठन विस्तारका साथै भित्तेलेखन कार्यमा तीव्रता दिइरहेको छ। केन्द्रले तोकेको समयभित्रै तयारीको सबै काम सकाउने प्रयत्नका साथ अखिल (क्रान्तिकारी) चितवन जुटिरहेको छ। त्यस्तै गरि दुबै जिल्लाका संगठनले नगरभित्रका विभिन्न क्याम्पसमा क्याम्पस भेला पनि गरिराखेको छ।


नेकपाको भातृ संगठन भएकै नाताले पार्टी र जनताप्रति जिम्मेवारीसाथ आफ्नो दायित्व पूरा गर्ने र गराउने कार्यमा अखिल (क्रान्तिकारी) मकवानपुर र अखिल (क्रान्तिकारी) चितवन निरन्तर अघि बढिरहेको छ। पार्टी, संगठनले तय गरेको कार्यदिशा, गन्तव्यका साथै पार्टी, संगठनले उठाएका जनताका माग, मुद्दा र एजेन्डाहरुको बारेमा शिक्षित वर्ग विद्यार्थी हुँदै आम नेपाली जनतालाई जानकारी गराउने, बुझाउने कार्यमा संगठन जुटेको छ। यसबाट आम जनता पार्टी र संगठनको कार्यदिशा, विचार, सिद्धान्त र गन्तव्य प्रती स्पष्ट हुने विश्वास संगठनले लिएको छ। जसको कारण भोलिका दिनमा “संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था” भन्ने शिर्षकमा जनमतसंग्रह भयो भने जनता आफ्नो मत कुनमा, किन हाल्ने भनेर अन्यौलमा नपर्ने देखिन्छ।

प्रतिक्रियाहरु

[anycomment]