‘ छात्रामाथि यौन दुव्यवहार गर्ने शिक्षकलाई कारवाही गर ‘

२०७८ बैशाख ४ गते, शनिबार

काठमाडौं । अखिल (क्रान्तिकारी) गर्खाका का अध्यक्ष गगन परियारले चैत २९ गते आइतबार गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेस्थित जनकल्याण माविका शिक्षक जलेन्द्र चौधरीले १३ वर्षीय एक र १४ वर्षका ४ जना छात्रामाथि यौन दुव्यवहार गरेको भन्ने समाचार आएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
अखिल (क्रान्तिकारी गोरखाका अध्यक्ष गगन परियारले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि नै विद्यार्थीहरूको हकहित र अधिकार र शैक्षिक क्षेत्रमा रहेका विकृति एवम् विसंगतिहरू विरुद्ध निरन्तर सङ्घर्षमा रहेको विषय सर्वविदितै छ । यसै सन्दर्भमा मिति २०७७ चैत २९ गते आइतबार गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेस्थित जनकल्याण माविका शिक्षक जलेन्द्र चौधरीले १३ वर्षकी एक र १४ वर्षका चार किशोरीलाई पढाउने क्रममा विभिन्न बहानामा डरत्रास देखाई पटकपटक अस्वभाविक यौनजन्य क्रियाकलाप गरेको कुरा सार्वजनिक भएको र आरोपित शिक्षक गिरफ्तार परेको हुनाले सत्यतथ्य छानविन गरी वास्तविक घटनालाई बाहिर ल्याउनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु