अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा अमर खड्का

२०७८ बैशाख ५ गते, आईतवार


काठमाडौँ । अखिल (क्रान्तिकारी) दाङको २४औँ जिल्ला सम्मेलनले अमर खड्का अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला समिती निर्वाचित गरेको छ । ‘शैक्षिक विकृति, विसंगतिका विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति २४ औँ दाङ जिल्ला सम्म्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’ ले आफुहरु दलाल पुजीवादी संसदीय व्यवस्थाको मतियार बन्न बार्तामा नआएको दाबी गरे । उनले वार्ताको बारेमा भ्रम सिर्जना गर्नेहरुले राजनीतिक अस्थिरता चाहेको बताए । पुजीवादले नेपाल र नेपालीको सपना र जीवन पराधीन बनाउँदै गएको पनि बताए ।
प्रमुख अतिथि सुवासले निशुल्क समान, वैज्ञानिक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता रहेको उल्लेख गरे । उनले भने, -‘समाज बनाउने, देश बनाउने, विभेदरहित र निशुल्क शिक्षा हुनुपर्छ । शिक्षा राज्यले ज्ञारेन्टी गर्नुपर्नुपर्छ।’
कार्यक्रमका विशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क.ले संबिधानको मृत कागजमा लेखिएका केही शैक्षिक अधिकार पनि कार्यान्वयन नभएको बताए । उनले जबसम्म द्वैध शिक्षा प्रणाली खारेज हुदैन तबसम्म आफुहरुको आन्दोलन चलिरहने पनि बताए । उनले पुजीपती वर्गका छोराछोरीले पढ्ने विद्यालय र श्रमजीवी वर्गका छोराछोरीले पढ्ने विद्यालय फरक कहिलेसम्म हुन्छ प्रश्न गरे । उनले दुई वर्षको प्रतिबन्धमा गिरफ्तारी, जेलनेल, हिरासतदेखि आफ्नो संगठन रत्तिभर नझुकेको बरु शैक्षिक आन्दोलनमा जुझारु भएको जिकिर गरे ।
कार्यक्रमको बन्द सत्रमा नेकपा राप्ती ब्युरो सदस्य सविन पोख्रेलले पनि प्रशिक्षणमुलक मन्तव्य राखेका थिए । त्यस्तै बन्दसत्रमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले अखिल (क्रान्तिकारी) अन्य संगठनको पनि नेता संगठन भएको बताए । उनले नवनिर्वाचित कमिटीलाई बधाई दिदै आम युवा विद्यार्थीलाई एकीकृत जनक्रान्तिको झण्डामुनी गोलबन्द गर्न आह्वान गरे।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरी, युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलक योगी,अखिल (क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज दिपक बिष्ट, जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी दाङका संयोजक सन्जय वली, नेकपा एमाले निकट अखिलका केन्द्रिय सदस्य बिराज डिसी, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गिर बहादुर महरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य खुमन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामना सांस्कृतिक परिवार सहसंयोजक आरोह नेपालीले स्वागत गीत प्रस्तुत गरेका थिए ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिती संयोजक अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य प्रीतिमा चौधरी, अखिल (क्रान्तिकारी) पूर्व केन्द्रिय सदस्य हेमन्त जिसी, युवा संगठन नेपाल दाङ संयोजक मनोज विक, मगर मुक्त िमोर्चा दाङ जिल्ला संयोजक सेवेन्द्र मगर, नेकपा नारायणी ब्युरो सदस्य विकास वलीको सहभागीता थियो भने कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्य अमर खड्काले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु