शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द !

काठमाडौं । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको गरेको छ । ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ , सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
त्यसैगरी , मन्त्रिपरिषद् बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भिडभाड हुने क्षेत्रहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सञ्चालन गर्न पाइनेछ । बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने जनाइएको छ । तर वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सञ्चालन हुनेछन्