अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा राजन साउद

२०७८ बैशाख ७ गते, मंगलवार


काठमाडौं । अखिल (क्रान्तिकारी) लमजुङको २२ औँ जिल्ला सम्मेलनले राजन साउदको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले सम्मेलन उद्घाटन गर्दै देशमा दुईखाले शिक्षा रहेको बताइन् । पैसा हुनेले पढ्न पाउने र पैसा नहुनेले पढ्न नपाउने विभेदयुक्त अवस्था रहेकाले वैज्ञानिक समाजवादमा सम्पूर्ण शिक्षा निःशुल्क हुने उनले बताइन् । भुजेलले वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन सबै युवा विद्यार्थीलाई आह्वान पनि गरिन् ।
सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र केन्द्रीय सचिवालय सदस्य मिलन राईले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै नेकपाका लमजुङ जिल्ला इन्चार्ज आक्रोशले बधाई मन्तव्य राखेका थिए ।
सम्मेलनमा तनहुँ जिल्ला इन्चार्ज निशान, लमजुङ जिल्ला सेक्रेटरी गौरव, क्रान्तिकारीका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक अटल शर्मा, तनहुँ जिल्ला अध्यक्ष पदम विश्वकर्मा, कास्की जिल्ला उपाध्यक्ष कमला परियारलगायत विभिन्न जवस र जिल्लाका नेता सहभागी थिए ।
लमजुङको जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राजन साउदको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन शिशिर भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य सूर्य गुरुङले राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु