अखिल (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा बिराजन शाही

२०७८ बैशाख ८ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जाजरकोटको २० औं जिल्ला सम्मेलनले बिराजन शाहीको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र सिंह, सचिव तिलक बिस्ट, सह–सचिव मनिष चन्द, कोषाध्यक्ष भवानी मल्ल, सदस्यहरुमा सुनिल सिंह ‘विशाल’, जानुका चन्द, बिजुली चन्द, सम्मान न्यौपाने, डिल्ली रोकाय लगायतलाई चयन गरेको छ । दलाल पुंजीवादी शिक्षा प्रणालीको विरुद्धमा हाम्रो आन्दोलन ! सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औं जिल्ला सम्मेलन !! भन्ने नारासहित मंगलबार जाजरकोटको खलंगामा सम्पन्न जिल्ला अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव सन्तोषी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनको बिशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका भेक ब्युरो सदस्य प्रेम प्रकाश वलि ‘धमिल’ रहेका थिए । कार्यक्रममा संगठनका भेक ब्युरो संयोजक हर्क बहादर विक, जाजरकोट पार्टी सेक्रेटरी महान, संगठनका केन्द्रीय सदस्य प्रेम बहादुर शाही लगायत संगठन तथा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको बताइएको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष बिराजन शाहीले शिक्षा क्षेत्र भित्रका तमाम विकृति र विसंगतिको भण्डाफोर गनर्,े व्यक्तिको जीवन र व्यवहार संग जोडिएको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका संघर्ष गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा संगठन प्रतिबद्ध भएर निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु