चार साता ‘लकडाउन’ गर्न सुझाव !

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै स्थिति नियन्त्रणमा लिन कम्तिमा चार साता ‘लकडाउन’ गर्न सुझाव दिएको हो । आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना ‘लकडाउन’ गर्न सुझाव दिने सीसीएमसीको तयारी रहेको छ । छिमेकी राष्ट्र भारतमा समेत भयावह स्थिती पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । यसबारेमा प्रधानमन्त्रीसँग ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ । यातायातका साधन पनि चल्न रोक लगाउनु पर्नेबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने सीसीएमसीले तयारी गरेको छ ।