अखिल (क्रान्तिकारी) काभ्रेको अध्यक्षमा सुरज लामिछाने

काठमाडौं । अखिल (क्रान्तिकारी) काभ्रेले २० औँ जिल्ला सम्मेलनले अध्यक्षमा सुरज लामिछानेलाई चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनद्वारा शुक्रबार बनेपा पोलिटेक्निकमा आयोजित भेलामा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको उपस्थिति रहेको थियो । उक्त भेलाबाट पुर्व अध्यक्ष महेन्द्र ओलीलाई बिदाई र नवनियुक्त अध्यक्ष सुरज लामिछानेलाई स्वागत गरिएको थियो । अध्यक्षमा नियुक्ति हुँदै गर्दा उनले आफ्नो पढाइँलाई पहिलो प्रथामिकता दिँदै सङ्गठनको कामलाई पनि निरन्तरता दिने प्रतिबद्धता गरे । उहाँको दुरदर्शिता, लगनशीलता, गम्भीरता, अध्यनशिलता र सङ्गठनप्रतिको योगदानको कदर गर्दै सङ्गठनको जिम्मेवारी प्रदान गरिएको पार्टी इन्चार्ज प्रताप र काभ्रे विद्यार्थी इन्चार्ज प्रकाशले बताए ।
यसैगरी माकेका काभ्रे, महाभारत गाउँपालिकाको विद्यार्थी संयोजक तेजबहादुर ठाडामगर माके परित्याग गरि अखिल (क्रान्तिकारी) मा समावेश भएकोमा हार्दिक स्वागत तथा बधाईसमेत गरिएको थियो ।