अखिल (क्रान्तिकारी )ले कोभिड १९ विरुद्ध विद्यार्थी अभियान चलाउने

२०७८ जेष्ठ ५ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ले कोरोना महबमारीले देश र जनता आक्रान्त भै रहेको बेला कोभिड १९ विरुद्ध विद्यार्थी अभियान चलाउने भएको छ । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख कंचनको प्रमुख आतित्थ्यतामा विद्यार्थी दिवसको अवसर पारेर गत जेठ १ गते भरचुवल रुपमा ( जुममार्फत) बसेको अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकको निर्णय सार्बजनिक गर्दै अध्यक्ष ढकालद्वारा जारी बिज्ञप्तिमा बर्तमान महामारीको समयमा राष्ट्र र जनताको सेवामा लागि संगठनका अध्यक्ष चिरत्जीवी ढकालको संयोजकत्वमा सबै केन्द्रीय सदस्यहरु, सवै जिल्लाका अध्यक्षहरु र संयोजकहरु सहितको “कोभिड १९ विरुद्ध विद्यार्थी अभियान” निर्णय गरिएको उल्लेख गरिएको छ ।
अध्यक्ष ढकालद्वारा जारी भनिएको छ – “नेपालमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम, संक्रमितहरुको उपचार, अबिसजन आपूर्ति, आइसियु र भेन्टिलेटरको व्यवस्थापन, अस्पतालमा शैयाको व्यवस्था, व्यापक स्वाव परिक्षण, एम्बुलेन्स सेवा, स्वास्थ्य सुरक्षासम्बन्धी सामाग्री, खोपको उपलब्धता लगायतका विषयमा सरकारको तर्फबाट भएको गम्भीर कमजोरी एवं गैर जिम्मेवारपूर्ण हर्कतको बैठक घोर निन्दा एवं भ्रत्सना गर्दछ । साधै नागरिकहरूको जीवन अकल्पनिय रुपमा जोखिममा रहेकाले तत्काल जनस्वास्थ्यका विषयमा गम्भिर बन्न सरकारसँग नागरिकहरुको स्वास्थ्य लगायतका बिषयमा तत्काल निम्ननुसार मागहरु पूरा गर्न बैठकले जोडदार माग गरेको छ ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु