स्पेनले पठाएको स्वास्थ्य सामग्री आउँदै

२०७८ जेष्ठ ६ गते, बिहीबार


काठमाडौं । स्पेनले पठाएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्वास्थ्य सामग्री विशेष विमान आज काठमाडौँ आउँदैछ । स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोग (एइसिआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन ।
यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली सङ्घमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली सङ्घ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो । मन्त्रीद्वयबीचको कुराकानीका क्रममा नेपाल–स्पेन सम्बन्धका विविध पक्षका साथै सहयोगबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु