अखिल (क्रान्तिकारी)द्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित रेडक्रसको केन्द्रीय कार्यालय सोल्टीमोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो संगठनले बिद्यार्थी नेता प्रज्वल शाहीलगायत महान शहिदहरुको सक्झानामा रक्तदान कार्यक्रम आयोजना गरेको बताएको छ । उक्त रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का ४३ जनाले रक्तदान गरेको बताइएको छ ।
सो अबसरमा अखिल (क्रान्तिकारी) ले ब्लड बैंकमा रगतको अभाव हुँदा आवश्यक भएको बेला रक्तदान गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु