सङ्घर्ष समिति र भरतपुर अस्पतालबीच सहमति

२०७८ जेष्ठ १४ गते, शुक्रबार


काठमाडौँ । भरतपुर अस्पताल र भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिबीच सहमति भएको छ । संघर्ष समितिका संयोजक अजामिन ढकाललगायत अस्पताल फार्मेसीका फार्मासिष्टहरु र अन्य व्यवसायीक फार्मासिष्टहरु लगायतको पहलमा भरतपुर सरकारी अस्पतालमा सहमति भएको हो । सहमतिपछि भरतपुर अस्पतालका प्र. मे. सु. डा. रोशन न्यापानेले जारी गरेको विज्ञप्तिमा अस्पतालमा सञ्चालित भरतपुर अस्पताल फार्मेसी, फार्मेसी स्टोर एवम् फार्मेसी जनशक्तिलाई तोकिएको कार्य विवरणअनुसारको जिम्मेवारी दिनेलगायत विषयमा थप अध्ययन गरी २०७८ जेठ मसान्तभित्रमा आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासन प्रतिबद्ध रहेको उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०७८/०२/१३ गतेका दिन भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिबाट अस्पतालमा पेस हुन आएको निवेदनका सम्बन्धमा अस्पताल प्रशासनको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा कोभिड १९ सङ्क्रमित बिरामीहरू बढ्दै गएको कारणबाट यस अस्पतालसमेत प्रभावित हुनुपरेको वर्तमान अवस्थालाई मध्यनजर राखी अस्पतालमा सञ्चालित भरतपुर अस्पताल फार्मेसी, फार्मेसी स्टोर एवम् फार्मेसी जनशक्तिलाई तोकिएको कार्य–विवरणअनुसारको जिम्मेवारी दिनेलगायत विषयमा थप अध्ययन गरी २०७८ जेठ मसान्तभित्रमा आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासन प्रतिबद्ध रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु