अखिल क्रान्तिकारी कास्कीद्वारा स्वास्थ्य सामग्री बितरण

काठमाडौं । अखिल क्रान्तिकारी कास्कीले स्वास्थ्य सामग्री बितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले पोखरा – ९ रामबजारमा रहेको एसओएस बालगृहमा स्वास्थ्य सामग्री बितरण गरेको हो ।
अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकास बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन पुन, उपाध्यक्ष कमलाको उपस्थितिमा कोभिडको माहामारीलाई ख्यालमा राख्दै माक्स, सेनिटाईजर, साबन बितरण गरिएको बताएको छ ।
कोभिडको माहामारीले बिद्यार्थीमा परेको असुबिधा र समस्यालाई केन्द्रीत गर्दै पार्टीको निर्देशन अनुसार आफुहरु निरन्तर राहत बितरण, स्वास्थ्य सामग्री बितरणमा लागेको साथै असार २ गते रत्तदान कार्यक्रम समेत राखिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकास बास्तोलाले बताए ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी कास्कीले पनि निरन्तर रुपमा राहत बितरण गरिरहेको छ । नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीका अनुसार हालसम्म समस्यारत करीब १३० घर परिवारलाई राहत बितरण गरिसकेको र यो कार्य निरन्तर चलिरहेको समेत बताए । राज्यले वास्तविक पिडित जनता चिन्न नसक्नुका साथै यस्तो प्रतिकुल अवस्थामा नागरीकको जनस्वास्थ्यको सन्दर्भमा अलिकति पनि ख्याल नगर्नु गम्भिर बिषय रहेको बताउँदै उनले आफुहरुले सकेको सहयोग गर्दै आएको साथै मजदुर, किसान, सुकुम्बासी, दृष्टिबिहिनलगायत परिवारलाई राहत बितरण गरिरहेको समेत बताए ।
