आज विश्व रक्तदाता दिवस

काठमाडौं । आज जून १४ अर्थात विश्व रक्तदाता दिवस । सन् २००४ बाट मनाउन शुरु गरिएको यो दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, । यस बर्षको विश्व रक्तदाता दिवसको नारा भने ‘विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ’ तय भएको छ ।