आज विश्व योग दिवस

२०७८ असार ७ गते, सोमबार


काठमाडौं । आज जुन २१ तारिख अर्थात विश्व योग दिवस। योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धीकरण हुने मान्यता छ । योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डो-याउने योग गुरुहरु बताउँछन् ।
आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका लागि शरीरको भित्र रहेको शक्तिको केन्द्रलाई जान्नुपर्छ । ऋषिमुनीहरुले यस शक्तिको केन्द्रलाई ‘चक्र’ भनेका छन् ।
आयुर्वेद अनुसार शरीरमा आठ चक्र हुन्छ । यो हाम्रो शरीरसँग सम्बन्धित हो । यद्यपि यसलाई हामीले आफ्ना इन्द्रियबाट महसुष गर्न सक्दैनौं । आयुर्वेदमा योग, प्राणायाम र साधानाको मद्दतले यी चक्र जागृत गराउने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु