‘कोरोनाको निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर’

२०७८ असार १२ गते, शनिबार


काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले जनतालाई निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।मञ्चका अध्यक्ष गुणराज लोहनीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा फेरि उत्परिवर्तित कोभिड-१९,-‘डेल्टा प्लस’ वा ‘के ४१७ एन’ को लहर आउने अड्कल विशेषज्ञहरूले गरिराखेको भन्दै निःशुल्क र अनिवार्य भ्याक्सिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका हुन् । अध्यक्ष लोहनीले गत वर्ष सङ्क्रमणले आक्रान्त विकसित भनिएका देशहरू अहिले भेरोसिल, सिनोभ्याक्स जस्ता भ्यक्सिन दिएका कारण पूर्णतः कोरोना मुक्त भएको भन्दै नेपालमा पनि सबै जनतालाई खोप अनिवार्य व्यवस्था गर्न माग गर्दै कोरोना महामारी र बन्दा बन्दीको कारण दिनदिनै काम गरिखाने जनताको रोजगारी पूर्णरुपले गुमेकाले भोकभोकै रहनु पर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
लोहनीले विज्ञप्तिमा भनेका छन् – ‘नेपाल सरकारले यस्तो संक्रमणका अवस्थामा न जनताको उपचारको व्यवस्था गरेको छ, न रोजगारीको व्यवस्था गरेको छ । उचित उपचार नपाएका कारण मर्नेको संख्या ठूलो छ । संक्रमित भई दीर्घ रोगले ग्रसितको सङ्ख्या झनै धेरै छ । बेरोजगारीका कारण गरिबीको रेखामुनि पुग्नेक्रम तीब्र छ ।’ नेपालका लागि उपयुक्त र सहज हुने खोप सिनोभ्याक्स र भ्यारोसिल भएको भन्दै जसको मूल्य सस्तो पनि भएको लोहनीले बताएका छन् । उनले भनेको छन्, ‘भेरोसिलको वेभसाइटमा नै राखेको मूल्य नै भारु २२५ पर्दछ । कोभिडको तेस्रो लहर आयो भने सबै उमेरकालाई प्रभाव पार्न सक्ने भएकाले लगभग ३ करोड जनसङ्ख्यालाई उक्त भ्याक्सिन दिनु पर्ने हुन्छ । यसो गर्दा अहिलेको आर्थिक वर्षको बजेटको केवल १ प्रतिशत मात्र विनियोजनले सबैलाई निःशुल्क भ्याक्सिन दिन सकिन्छ । यदि यो सरकारको जनताप्रति थोरै पनि दायित्वबोध हुने हो भने तुरुन्त भ्याक्सिनको व्यवस्था गरियोस् । यदि सरकारले कुनै तत्कालै व्यवस्था गरेर भने स्वास्थ्य र आर्थिकरुपमा देश र जनताले झनै समस्या भोग्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा ज्युज्यानलाई दाउमा राखी जनता सडकमा उत्रिनुको विकल्प रहँदैन । त्यसैले हाम्रो मञ्च तत्कालै सबै गर्दछ । अन्यथा जनतासहित मंच सडकमा उत्रिन बाध्य हुने छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु