जातीय विभेद सामाजिक अपराध !

२०७८ असार १२ गते, शनिबार


काठमाडाैँ। अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले काठमाडौँमा कोठा खोज्ने क्रममा दलित समुदायकी युवती रुपा सुनारमाथि गरिएको सामाजिक विभेद झल्कने दुव्यवहारको घटना गम्भीर सामाजिक अपराध भएको भन्दै यसको विरुद्ध प्रर्दशन गर्न लागिएको बताएका छन् । अध्यक्ष ढकालले विज्ञप्तिमार्फत जातीय विभेदमा परेकी युवतीले प्रहरीमा जाहेरी दिएपछि दोषीलाई कारवाही गर्नुको साटो प्रहरी अनुसन्धानमा रहेकी सरस्वती प्रधानलाई सत्ताका बहालवाला शिक्षामन्त्रीको प्रत्यक्ष निर्देशनमा छोड्नु खेदजनक भएको बताएका छन् । क्रान्तिकारीका अध्यक्ष ढकालले सत्ता र शक्तिको दुरुपयोग गर्ने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामासमेत मागेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु