अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा रक्तदान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजनामा आईतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमा ४५ जनाले रक्तदान गरेको हो। विश्व व्यापी रूपमा बढ्दो covid १९ महामारीमा रगत अभाव भएको हुँदा हाम्रो संगठनले रगत अभावको समाधानको लागि रक्तदान कार्यक्रम आयोजना गरेको र सम्पुर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिएको अखिल ( क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानले जानकारी दिए। हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नयनले मन्तब्यको क्रममा covid १९ को महामारीको बेला हामी सचेत रहनु पर्ने र मानव सेवामा लाग्नु पर्ने साथै रक्तदान कार्यक्रम प्रशंसनीय काम रहेको समेत बताउनुभयो। उक्त रक्तदान कार्यक्रमका सभाध्यक्ष अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान (अनिल) रहेको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सेक्रेटरी वाटरको विशिष्ट आतिथ्यता र मकवानपुर बहमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्ययको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। यसै गरी केन्द्रिय सामना परिवार का इन्चार्ज सरलको आतिथ्यता , मकवानपुर जिल्ला पार्टीका सचिवालय सदस्य विक्रम को पनि आतिथ्यता साथै जिल्ला सदस्य हरुको पनि आतिथ्यता रहेको छ। कार्यक्रम अखिल( क्रान्तिकारी) उपाध्यक्ष ललित ले सञ्चालन गरे का थिए ।