कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्ने तयारी

२०७८ असार २० गते, आईतवार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट भौतिक रूपमा नै सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढ्नेछ ।
लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुनेछ ।
शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्ने निर्णय नगरेकोले परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने मन्त्रालयले जनाएको छ । यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु