प्रवक्ता प्रकाण्डद्वारा नेता सुदर्शनलाई भेटेर सिघ्र स्वास्थ्यलाभको कामना

२०७८ असार २६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । प्रवक्ता प्रकाण्डले स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि शुक्रबार अपराह्न काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदयकेन्द्रमा भर्ना भएका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन । सो भेटमा नेता सुदर्शनको स्वास्थ्य स्थिति, राजनीतिक परिस्थिति, ३ वुंदे सहमतिको कार्यान्वयन र वन्दी नेता/कार्यकर्ताको रिहाईका विषयमा छलफल भएको बताइएको छ ।
२८ महिना देखि राजनीतिक आस्थाको आधारमा जेल जीवनमा रहेका नेकपाका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’को स्वास्थ्यमा समस्या उत्पन्न भएपछि हिजोवाट गङ्गालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । नेता सुदर्शनको स्वास्थ्य स्थिति सुधार उन्मुख रहेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]