अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बास्तोला गिरफ्तार

२०७८ असार २७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरा रङ्गशाला अगाडिबाट उनलाई गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको बताएका छन् । कसले उजुरी दिएको हो भन्ने विषयमा प्रहरीले केही खुलाउन भने चाहेनन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु