अखिल (क्रान्तिकारी) द्वारा वास्तोलालाई तत्काल रिहा गर्न माग

२०७८ असार २७ गते, आईतवार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ले केन्द्रीय सदस्य प्रकाश वास्तोलालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले आज बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
अध्यक्ष ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “हाम्रो संगठनका केन्द्रीय सदस्य क.प्रकाश वास्तोलालाई केपी ओली सरकारको गृह प्रशासनले यहि असार २६ गते पोखराबाट अपहरण शैलीमा गिरफ्तार गरी झुट्टा मुद्दामा फसाउने षड्यन्त्र गरि बन्दी बनाइरहेको छ । ३ वँुदे सहमतिको पुर्ण उलंघन गर्दै, आफ्नो जनविरोधी एवं राष्ट्रघाती अनुहारमा पर्दा हाल्न जनता र युवा विद्यार्थीहरूको न्यायपुर्ण आन्दोलनमाथि केपी वली सरकारले गरिरहेको दमनको हाम्रो संगठन घोर निन्दा एवं भत्र्सना गर्दछ । नेपाल कम्युनिष्ट पार्टी र सरकार विच भएको ३ वँुदे सहमतिको पुर्ण पालना गर्न र संगठनका केन्द्रीय सदस्य क. प्रकाश वास्तोलालाई विना शर्त तत्काल रिहा गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु