अमेरिकाले दिएको १५ लाख खोप आइपुग्यो

काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजमार्फत जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट आज काठमाडौं आइपुगेको हो । विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए । उक्त खोप बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए हुन्छ । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप खोप प्राप्त भएको हो । यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदुत बेरीले बताए ।