स्वास्थ र शिक्षा माफियाको कब्जामा !

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले स्वास्थ र शिक्षा माफियाको कब्जामा रहेको विरोधमा देशव्यापी प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाको विकृतिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राईले स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षामा चरम विकृति रहेकोले जनताका लागि स्वास्थ्य र शिक्षा अत्याधिक महंगो भएको बताए । उनले गरिब जनताको पहुँचमा नेपालको शिक्षा र स्वास्थ नरहेको भन्दै स्वास्थ र शिक्षा माफियाको कब्जामा रहेको पनि बताए । स्वास्थ्य र शिक्षाका माफियाहरुलाई अखिल (क्रान्तिकारी) ले नछाड्ने समेत उनले चेतावनी दिए ।