एमबीएस र बीबीएस हटाउने निर्णय खारेज गर

२०७८ श्रावण २० गते, बुधबार


काठमाडौँ । संयुक्त विद्यार्थी सङ्घर्ष समितिले रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसले त्रिवि अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयको घोर आपत्ति जनाउदै उक्त निर्णय खारेज गर्न माग गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै एमबीएसलाई निरन्तरता दिन माग गरेको छ । संयुक्त विद्यार्थी सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘एमबीबीएस र बीबीएस कार्यक्रमलाई क्यापसले निरन्तरता दिनुपर्नेमा संयुक्त विद्यार्थी सङ्गठन – अखिल (क्रान्तिकारी), नेविसंघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको थियो तर क्याम्पस प्रशासनले विद्यार्थीको जायज आवाजलाई कुल्चने प्रयास गरिरहेको छ ।’
संयुक्त सङ्घर्ष समितिले लुम्बिनी वाणिज्य क्याम्पसले त्रिवि अन्तर्गतका कार्यक्रम हटाउने षड्यन्त्रका विरुद्ध जस्तोसुकै आन्दोलन गर्ने निर्णय समेत गरेको छ । साथै समितिले साउन २५ गतेभित्र क्याम्पसले एमबीएस सुचारु गर्ने सुचना प्रकाशन नगरेमा क्याम्पस प्रमुख र व्यवस्थापन समितिका अध्यक्षलाई साउन २५ गतेदेखि अनिश्चितकालका लागि क्याम्पस प्रवेश निषेध गर्ने समेत चेतावनी दिएको छ ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तत्कालको लागि कुनैपनि हालतमा एमबीएसलाई निरन्तरता दिनुको विकल्प नरहेको पनि जानकारी गराउँदछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु