अखिल क्रान्तिकारी बर्दियाद्वारा शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी

२०७८ श्रावण २७ गते, बुधबार

काठमाडौं । अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ। पहिलो चरणमा मागपत्र बुझाएको क्रान्तिकारीले दोस्रो चरणमामा जिल्ला शिक्षा कार्यलय मा तालाबन्दी गरेको हो । क्रान्तिकारी शिक्षक नियुक्ति र सरुवामा आर्थिक चलखेल रोकिनुपर्ने , अनलाइन कक्षा र अङ्ग्रेजी माध्यमका नाममा गरिएको पैसा असुली नियन्त्रण गरिनुपर्ने, निजि विद्यालयका निजि स्रोतमा काम गरिरहेका शिक्षक कर्मचारीमाथीको आर्थिक शोषण रोकिनुपर्ने लगायतको माग राखेर ज्ञापनपत्र बुझाएको क्रान्तिकारी माग सम्बोधन गर्न कुनै पहल नगरेको र शैक्षिक विकृति नरोकिएको भन्दै तालाबन्दी गरेको हो । माग सुनुवाइ नभए तेस्रो चरणमा थप संघर्षका कार्यक्रम गर्ने अखिल क्रान्तिकारी बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेलले जानकारी दिए।


तालाबन्दी कार्यक्रममा क्रान्तिकारीका बर्दिया इन्चार्ज लोकेश राज जोशी , बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल लगायतका नेताकार्यकर्ता उपस्थित रहेका थिए । – रमेश प्याकुरेल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु