परीक्षार्थी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिइने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।
चीनबाट थप खोप आएपछि परिक्षार्थीलाई खोप दिइने भएको छ । विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने जनाएको छ । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।