अखिल (क्रान्तिकारी)द्वारा पृथ्वीनारायण क्याम्पसका प्रमुखसमक्ष २० बुँदे मागपत्र पेश

२०७८ भाद्र २ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समिति, कास्कीले शिक्षा क्षेत्रमा भएको व्यापारीकारण माफियाकरणको विरुद्धमा शिक्षालाई राज्यको अनिवार्य दायित्वको विषय बनाउन निरन्तर संघर्षमा रहेको जनाउदै विश्वविद्यालयको हकमा अस्तव्यस्तताको अन्त्य गर्दै गुणस्तरीय जनताको पहुँचको व्यवहारिक मौलिकतासहितको विश्वविद्यालय निर्माण अभियानमा लागेको बताएको छ ।
सो संगठनले श्रमजिवी जनताको छोराछोरीले अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस ऎतिहासिक महत्त्व बोकेको पश्चिमाञ्चलकै शैक्षिक केन्द्रको रुपमा रहदै आएको जनाउदै क्याम्पसलाई जनताको पहुँचमा हुने गरी शिक्षाको हिसाबले गुणस्तरीय प्रशासनिय हिसाबले चुस्त दुरुस्त प्राशासनिक हिसाबले मर्यादित वातावरणी हिसाबले सुन्दर मनिमहक बनाउन चाहेको बताउदै क्याम्पस प्रशासन समक्ष २० बुँदे मागहरु पेश गरेको छ ।
पृथ्वीनारायण क्याम्पस जिल्ला समिति, कास्कीका अध्यक्ष उपेन्द्र परियारले पृथ्वीनारायण क्याम्पसका प्रमुख समक्ष पेश गरेको माग पत्र यस्तो छ – ” बलिदान, उच्च समर्पण, विजयको गौरवपुर्ण इतिहास निर्माण गर्दै प्रतिस्पर्धा विद्यार्थी आन्दोलनको नेता संगठनको रुपमा परिचित हाम्रो संगठन शिक्षा क्षेत्रमा भएको व्यापारीकारण माफियाकरणको विरुद्धमा शिक्षालाई राज्यको अनिवार्य दायित्वको विषय बनाउन निरन्तर संघर्षमा छौ।विश्वविद्यालयको हकमा अस्तव्यस्तताको अन्त्य गर्दै गुणस्तरीय जनताको पहुँचको व्यवहारिक मौलिकता सहितको विश्वविद्यालय निर्माण अभियानमा छौं ।
श्रमजिवी जनताको छोराछोरीले अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस ऎतिहासिक महत्त्व बोकेको पश्चिमाञ्चलकै शैक्षिक केन्द्रको रुपमा रहदै आएको छ। क्याम्पसलाई जनताको पहुँचमा हुने गरी शिक्षाको हिसाबले गुणस्तरीय प्रशासनिय हिसाबले चुस्त दुरुस्त प्राशासनिक हिसाबले मर्यादित वातावरणी हिसाबले सुन्दर मनिमहक बनाउन चाहान्छौ। तसर्थ हाम्रो संगठन क्याम्पस प्रशासन समक्ष निम्न मागहरु राख्दछ ।
१. सबै संकायको अन्लाईन(online) कक्षाहरु तत्काल प्रभावकारी गरियोस् ।
२.सबै संकायमा स्नातक तह देखि स्नातकोत्तर तह सम्मको बिहानी , दिवा र सन्ध्याकालिन सिफ्टमा शैक्षिक कार्यक्रमहरु सञ्चालित गरियोस् ।
३.लकडाउनको कारण विद्यार्थीहरुमा आर्थिक समस्या भएकोले लेट फि घटाईयोस ।
४.विद्यार्थीहरुलाई मास्क र सेनिटाइजरको व्यवस्था/ उपलब्ध गरियोस् ।
५.लकडाउनको बेलामा उपयोगमा नाआएका लाइब्रेरी,खेलकुद लगायतका सेवा सुविधामा शौलियत प्रधान गरियोस् ।
६.लकडाउनको कारण ३ महिना क्याम्पसका पठनपाठन बन्द रहेको अवस्थामा कुनैपनी संकायको सुल्क नलिईयोस।
७.लकडाउनको कारण पछिल्लो समय क्याम्पसमा देखिएको अनियन्त्रित फोहोर, झाडीको तत्काल व्यवस्थित गरियोस् ।
८. महिलाहरुलाई सेनिटरी प्याडको निशुल्क व्यवस्था गरियोस् ।
९.छात्र होस्टेल तुरुन्त निर्माण गरि तुरुन्त सुचारु गरियोस् ।
१०.विद्यार्थी भर्नामा TU को शुल्क भन्दा बढी लिने अतिरिक्त शुल्क खारेज गरियोस् ।
११.क्याम्पस वरिपरि free wifi zone को क्षेमतामा तत्काल वृद्धि गरियोस् ।
१२.सबै संकायमा स्वच्छ पिउनेपानीको व्यवस्था गरियोस् ।
१३प्रर्याप्त खेलकुद सामाग्रीको व्यवस्था गरियोस् ।
१४.गण्डकी (GMC) मेडिकल कलेजबाट प्रर्याप्त हुनुपर्ने स्वास्थ सेवा सहज र सरल बनाइयोस ।
१५.विद्यार्थीहरुको सुरक्षाको लागि क्याम्पस डिलमा काडेतार(GI) तारको तल्काल व्यवस्था गरियोस् ।
१६. सोधपुछ कक्षको सञ्चालन गरि मुस्कान सहितको सेवा दिने व्यवस्था गरियोस् ।
१७.शिक्षक वा कर्मचारी नियुक्तिमा हुने राजनीतिक भाग भण्डाको अन्त्य गरि प्रतिस्पर्धाको आधारमा नियुक्ति गरियोस्।
१८.टेण्डरमा भएको आर्थिक अनियमिताको पारदर्शिता गरियोस्।१९.स्वर्ण स्मृति हल, क्याम्पस सभा हल, Geography seminar हल, व्यवस्थित गरि तत्काल सुचारु गरियोस् ।
२०.PN क्याम्पसलाई विश्वविद्यालय बनाउनको लागि आवश्यक पहल गरियोस्। “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु