अखिल क्रान्तिकारीद्वारा पशुपति क्याम्पसका भ्रष्टलाई नछाड्ने उदघोष

काठमाडौं । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा भएको बेथिति र विकृतिका विरूद्व संघर्ष जारी राखेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ऐतिहासिक महत्त्वको पशुपति बहुमुखी क्याम्पसलाई धराशायी बनाएको भन्दै सञ्चालक समितिका प्रमुख विष्णुप्रसाद पन्त सहित ६ जनाको तस्बिर सार्वजनिक गरेको छ । क्याम्पसमा चरम भ्रष्टाचार , बेथिति, लगायत मनोमानी ढंगले काम गरेको भन्दै अखिल (क्रान्तिकारी) ले मणिरत्न पराजुली , मदन उपाध्याय , प्रयागराज भट्टराई , हिकमत बस्नेत र सरीता लामिछानेको तस्बिर सार्वजनिक गरेको हो । विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहि अग्रगामि परिर्वतको साथ सामाजिक रुपान्तरण, न्याय र समानताको अग्रणी संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भएको तमाम विकृति विसंगती भ्रष्टचारको विरुद्ध निरन्तर संघर्ष गर्दै निशुल्क सर्वसुलभ शिक्षा, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै पशुपति क्याम्पस घोटाला काण्डका कसैलाई नछाड्ने अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
विद्यार्थीको समस्यामा केन्द्रित रहि विद्यार्थी/ अभिभावकको तवरबाट शैक्षिक दलालहरुलाई स-प्रमाण कारबाहि अगाडि बढाउनु गर्वको विषय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अखिल (क्रान्तिकारी) राष्ट्र जनता र विद्यार्थीको विषयमा गम्भिर रहि आफनो लक्ष्यमा नपुग्दासम्म जिवन मरण संघर्षमा अगाडि रहेको उल्लेख गर्दै पशुपति बहुमुखि क्यापसमा भएको करोडौ घोटला, व्यक्तिबाद, नाताबाद, एकलौटी अराजक प्रवृत्तिको विरुद्ध संघर्ष एक चरणमा पुर्याएकाे र दबाब स्वरुप गरिएको तालाबन्दी तत्कालकको लागि विद्यार्थीहरु समस्यामा परेका कारण सामुदायिक क्याम्पस धरासायी बनाउने व्यक्तिहरुको तस्वीर सार्वजनिक सहित विरोध प्रर्दशन गर्दै तालाबन्द खोलिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ। खराबी र अनियमितता विरुद्ध संघर्ष भने यथावत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कारबाहीको कारण खुलाउँदै अखिल (क्रान्तिकारी) ले यसअघि नै उक्त घोटालामा संलग्न सबैलाई कारबाही गर्ने र सार्वजनिक गर्ने चेतावनी दिएको थियोे । यसअघि नै सञ्चालक समितिका प्रमुख विष्णुप्रसाद पन्तलाई अखिल (क्रान्तिकारी ) ले कालोमोसो दलेको थियोे । पन्तलाई पटकपटक छलफलमा बस्न बाेलाएपनि भाग्दै हिँडेको , करोडौं घाेटाला गरी राजिनामा दिएर भाग्न खाेजेकाे लगायतका आरोपमा कारबाही गरिएको अखिल (क्रान्तिकारी)ले विज्ञप्तिमार्फत् जानकारी दिएको थियोे ।
यस बिषयमा अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई समितिक अध्यक्ष सुवास महतले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहि अग्रगामि परिर्वतको साथ सामाजिक रुपान्तरण, न्याय र समानताको अग्रणी संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भएको तमाम विकृति विसंगती भ्रष्टचारको विरुद्ध निरन्तर संघर्ष गर्दै निशुल्क सर्वसुलभ शिक्षा, राष्ट्रियता, जनतन्त्र र जर्नाजविकाको पक्षमा निरन्तर संघर्षरत रहि आएको छ।
आजको दिनमा विद्यार्थी आन्दोलन आफ्नो एजेन्डाबाट बाहिर सिमित नेता र गुटको फाईदाको हतियार, विद्यार्थीको शुल्कमा भ्रष्टचार गर्ने, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता त केबल ति संगठनहरुको लेटर प्याडमा मात्र सिमित हुन पुगेको छ । विगतमा भएको सामाजिक, राजनैतिक परिवर्तन गर्दै आएका संगठन पनि आज आफनो गौरवमय इतिहासलाई आफैँले चुनौति दिईरहेका छन् । यो एक खालको गम्भीर विचलन र घोर- आत्मासर्मपण हो । विद्यार्थीको समस्यामा केन्द्रित रहि विद्यार्थी/ अभिभावकको तवरबाट शैक्षिक दलालहरुलाई स-प्रमाण कारबाहि अगाडि बढाउनु गर्वको विषय हो । सिमित कलेजमा राह त्यहाको विकृति साक्षि बस्ने, न्यूनीकरणमा जोड नदिने, सर्वसुलभ शिक्षाको विषयमा गम्भीर नबन्ने राष्ट्रिय स्वाधिनताको विषयमा सत्ता हुँदा जो कोहि पनि चुप बस्ने पनि विद्यार्थीहरुको संगठन हुन्छ र ? त्यस्ता संगठनहरुले विद्यार्थी आन्दोलनको भविष्यको बारेमा चिन्ता नलिएको राम्रो । सम्पूर्ण विद्यार्थी संगठनहरुले एक-पटक आफैले आफूलाई र आफ्नो संगठनमा आबद्ध भएका जिम्मेवार व्यक्तिहरुको व्यवहार र आफ्नो दायित्व स्मरण गराउन चाहान्छौ । तसर्थ अखिल (क्रान्तिकारी) यि यस्ता राष्ट्र र जनता/ विद्यार्थीको विषयमा गम्भिर रहि आफनो लक्ष्यमा नपुग्दासम्म जिवन मरण संघर्षमा अगाडि छ।
यसै सन्दर्भमा पशुपति बहुमुखि क्यापसमा भएको करोडौ घोटला, व्यक्तिवाद, नातावाद, एकलौटी अराजक प्रवृत्तिको विरुद्ध संघर्ष एक चरणमा पुन्याएको छ । दवाब स्वरुप गरिएको तालाबन्द तत्कालकको लागि विद्यार्थीहरु समस्यामा परेका कारण सामुदायिक क्याम्पस धरासायी बनाउने व्यक्तिहरुको तस्वीर सार्वजनिक सहित विरोध प्रर्दशन गर्दै तालाबन्द खोलिएको जानकारी गराउँदछौं । तर यी खराबी र अनियमितता विरुद्ध संघर्ष ययावत रहेको अवगत पनि गराउँदछौ ।”
