अखिल (क्रान्तिकारी) हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

काठमाडौँ । अखिल (क्रान्तिकारी) हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ। शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका संयोजक सुर्य बहादुर गोलेको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले सुर्य बहादुर गोलेको अध्यक्षतामा २१ सदस्यिय नगर समिति गठन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नयनले नव निर्वाचित नगर समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टीका मेरुदण्डको रुपमा स्थापित अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन अन्तर्गत नव गठित हेटौँडा नगर समितिले अब शैक्षिक क्षेत्रमा भएका विकृत, विसंगति र व्यापारीकरण अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गराउने कार्यमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बताए। साथै कार्यक्रमका विशेष अतिथि वाटरले आम नेपाली विद्यार्थीहरुका साझा ढुकढुकी अखिल (क्रान्तिकारी) को कलम र तारा अङ्कित झण्डामुनि आबद्ध नव निर्वाचित नगर समितिले जस्तोसुकै परिस्थितिमा पनि आम विद्यार्थीहरुप्रती वफादार भई लक्षित कार्यक्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै बधाई तथा शुभकामना दिएका छन्। सम्मेलनबाट नव गठित हेटौँडा नगर समितिका सम्पूर्ण सदस्यहरूलाई अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलानले सपथ ग्रहण गराएका थिए।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, हेटौँडा उपमहानगरपालिकाको सेक्रेटरी सुर्य अर्याल, अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलान, युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्याल लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका कोषाध्यक्ष सुबास तामाङले गरेका थिए।