अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन आसोज ६,७ र ८ गते

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन आउदो आसोज ६,७ र ८ गते पोखरामा हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको यही २०७८ भाद्र १० र ११ गते बसेको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको पुर्ण वैठकले सो निर्णय गरेको बताइएको छ । सो संगठनले आज पत्रकार सम्मेलन गर्दै संगठनको २२ औँ राष्ट्रिय सम्मेलन आगामी २०७८ आसोज ६,७ र ८ गते “ बैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकिकृत जनक्रान्ति हाम्रो आन्दोलन / वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २२ औँ राष्ट्रिय सम्मेलन ” भन्ने मुल नाराका साथ पोखरामा गर्ने निर्णय लिईएको बताएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी)२२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरन्जीवी ढकालले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – “हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको पुर्ण वैठक यही २०७८ भाद्र १० र ११ गते संगठनका अध्यक्ष क चिरन्जीवी ढकालको अध्यक्षतामा, हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीका आदरणीय महासचिव क. विप्लवको प्रमुख आतिथ्यतामा, पार्टी केन्द्रीय सचिवालय सदस्य क. विषम, पार्टी केस तथा संगठनका फयाम्सन ईन्चार्ज क. मिलन, पार्टी केस क. सन्देश र पार्टी केस क. असलको आतिथ्यतामा सम्पन्न भयो । ऐतिहासिक २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको पुर्ण वैठकले लिएका महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्त जारी गरिएको छ ।
१) क. चिरन्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्सीय २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको गठन गरिएको छ।
२) संगठनको २२ औँ राष्ट्रिय सम्मेलन आगामी २०७८ आसोज ६,७ र ८ गते “ बैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकिकृत जनक्रान्ति हाम्रो आन्दोलन / वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २२ जौ राष्ट्रिय सम्मेलन ” भन्ने मुल नाराका साथ पोखरामा गर्ने निर्णय लिईएको छ ।
३) २२ औँ राष्ट्रिय सम्मेलनसँग सम्वन्धित निम्न उपसमितिहरु गठन गरिएको छ ।
क) विधान तथा प्रतिवेदन लेखन उपसमिति: संयोजक: चिरन्जीवी ढकाल, सदस्यहरु प॒काश शाही, वीरेन्द्र विक, मिलन राई, वीरेन्द्र शाह, शारदा भण्डारी ।
ख) जनपरिचालन, स्वयमसेवक एवं प्रचार/प्रचार उपसमिति: संयोजक. रुद्र भट्टराई, सदस्यहरु: नरेन्द्र विक, नवराज भट्ट, मदन चन्द, पुष्प न्यौपाने (कोशी), प्रितिमा चौधरी ।
ग) व्यवस्थापन उपसमिति: संयोजक: प्रकाश शाही, सदस्यहरु मिलन राई, नवराज भट्ट, अटल पाण्डे, सुरेन्द्र बस्नेत ।
घ) आर्थिक उपसमिति: संयोजक: नरेन्द्र विक, सदस्यहरु: कलम वडुवाल, ललित विक र सवै क्षेसस संयोजकहरु ।
ङ) अतिथि व्यबस्थापन उपसमिति: संयोजक. सन्तोषी भट्टराई, सदस्यहरु: रुपा वुढा, अटल पाण्डे, नताशा सुवेदी ।
चे) बैज्ञानिक समाजबादी शिल्ला अध्ययन उपसमिति : संयोजक. प्रकाश शाही, सदस्यहरु: नरेन्द्र विक, मिलन राई ।
४) वर्तमान दलाल पुँजीवादी शिक्षा प्रणालीको विकल्पमा राजनितिज्ञ, विद्यार्थी, अभिभावक, शिक्षाविद्, सम्वन्धित विषयका विज्ञहरु, शिक्षक लगायतका सरोकारवालाहरु संग छलफल र अन्तरक्रिया गरि वैज्ञानिक समाजवादी शिक्षाको अपरिहार्य आवश्यकतालाई सम्बोधन गर्ने गरि बैज्ञानिक समाजवादी शिक्षाको प्रारुप तयार गर्ने र यसलाई लागु गराउन संघर्ष संचालन गर्ने निर्णय गरिएको छ । साथै यस गौरवपुर्ण राष्ट्रिय सम्मेलनको सन्दर्भमा बैठकले शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासंग सम्वन्धित निम्न विषयहरुमा संघर्ष केन्द्रीत गर्ने निर्णय गरेको छ ।
१) सामुदायिक र निजी विद्यालयहरुले देशैभरि विभिन्न बाहानामा लिईरहेको चर्को शुल्क तत्काल खारेज गरियोस ।
२) कक्षा ११ र १२ का परिक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल संचालन गरियोस ।
३) शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा न्युनतम ५० प्रतिशत छुटको व्यवस्था गरियोस ।
४) विद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत छुट दिने व्यवस्थाको कडाईपुर्वका
कार्यान्वयन गरियोस ।
५) विश्वविद्यालयमा भएको राजनैतिक भागभण्डा खारेज गरियोस ।
६) देशभरिका विश्वविद्यालयमा भएको बेरुजुका सन्दर्भमा तत्काल छानविन गरि दोषीलाई कडा कारवाही गरियोस
७) सामुदायिक विद्यालयहरुमा तत्काल पाठ्यपुस्तक पुर्याउने व्यवस्था गरियोस ।
८) सम्पुर्ण विद्यार्थीहरुलाई कोभिड खोपको तत्काल व्यवस्था गरियोस ।
९) पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धी खारेज गरियोस ।
१०) देशव्यापी बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक प्रकोपमा परेका जनतालाई राहत, उद्धार तथा तत्काल उपयुक्त व्यवस्थापनको प्रकृया अगाडी वढाईयोस ।
११) जयसिँह धामीको हत्याको सत्यतथ्य छानविन गरि दोशीलाई कडा कारवाहि गरियोस ।
१२) २०७७ फाल्गुण २० गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बीच भएको ३ बुँदे सहमति
तत्काल कार्यान्वयन गरियोस ।”
